+

भलिबलकी कवितालाई पिपल्स च्वाइस अवार्ड

२०८१ भदौ  २८ गते १८:३९ २०८१ भदौ २८ गते १८:३९
भलिबलकी कवितालाई पिपल्स च्वाइस अवार्ड

२८ भदौ, काठमाडौं। भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् । क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा चयन गरिएको थियो ।

सुदूरपश्चिमकी भट्टले ५६ प्रतिशत मत पाइन् । कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे । उनले १६ प्रचिशत मत पाएकी थिइन् ।

क्रिकेटका गुल्सन र रग्बीका श्रीरामले समान ४.४ प्रतिशत मत पाएका थिए । अवार्डसँगै कविताले मोटरसाइकल पाएकी छन् ।

कविता भट्ट पिपल्स च्वाइस अवार्ड भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय