+
+

कृषि फार्म कर्जा ठगी प्रकरणमा थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १८:५४

२८ भदौ, काठमाडौं । साढे १४ करोड रुपैयाँ भन्दा बढी कृषि कर्जा मिलाईदिने भन्दै भएको ठगी घटनामा थप एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–९ का ५५ वर्षीय नारायणप्रसाद खतिवडा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भद्रकालीबाट पक्राउ गरेको हो । यसअघि यही ठगी प्रकरणमा बाजुराको बुढिनन्दा गाउँपालिका–१ का ४८ वर्षीय विष्णुबहादुर कार्की पक्राउ परेका थिए ।

कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

उनीहरुले एक व्यक्तिलाई आफू पीएचडी डाक्टर भएको परिचय दिँदै हाईप्रोफाइल व्यक्तिहरुसँग सम्बन्ध रहेको बताएका थिए । बिष्णु एन्ड सोनु प्रालि कम्पनी समेत सञ्चालन गरेको उनले बताएका थिए ।

कृषि फार्म सञ्चालन गरेका ती युवालाई तपाईको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रशिशत ब्याजदरमा भनेर विश्वास दिलाइको थियो ।

त्यसवापत १७ लाख ३१ हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरुमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?