+

करातेकी एरिका बनिन् वर्ष खेलाडी

२०८१ भदौ  २८ गते १८:५८ २०८१ भदौ २८ गते १८:५८
करातेकी एरिका बनिन् वर्ष खेलाडी

२८ भदौ, काठमाडौं । करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिकालाई प्रदान गरिएको हो ।

उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

यो अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए ।

एरिका गुरुङ कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय