+
+

संवैधानिक परिषद् अनिर्णित, अर्को बैठक ३१ भदौमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते २०:५९

२८ भदौ, काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ ।

बैठक स्रोतका अनुसार आजको छलफल प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । ‘प्रधानन्यायाधीश बाहेक अरु सिफारिसमा छलफल भएन, त्यसैमा केन्द्रीत भयो । तर आज कोही पनि सिफारिस हुनु भएन’, ती स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?