+
+

भोटेकोशी नदीमा खसेको गाडी निकालियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १९:४१

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको छ ।

नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्रेनको सहायताले उक्त बोलेरो नदीबाट बाहिर निकालेको हो ।

उक्त बोलेरा कहाँबाट कता गएको, कसले चलाएको, गाडीको को–को सवार थिए भन्ने विषयहरु खुल्न बाँकी नै रहेको एसपी खड्काले बताए ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?