+
+

नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त सैन्य अभ्यास हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १९:४७
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदनप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

‘अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ’, केसीले भने, ‘काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुनेछन् ।’

सन् २०१२ देखि सुरु भएको यो अभ्यासको चौथो संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?