+
+

ललितपुर महानगरले पुर्‍यो १५ ट्रक छाला र हड्डी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १९:५७

२८ भदौ, काठमाडौं। ललितपुर महानगरपालिकाले वडा- २७ स्थित सुनाकोठीमा रहेको हड्डी कारखानामा अव्यवस्थित रहेको पशुहरुको हड्डी र छाला महानगरले खाल्डो खनेर पुरिदिएको छ।

सुनाकोठी, भैंसेपाटी सहितका स्थानीयले गुनासो गरेपछि महानगरपालिकाले कारखानालाई हड्डी, छाला व्यवस्थित रुपमा छोपेर राख्न भनेको थियो । पटक पटक महानगरले निर्देशन दिँदा पनि अव्यवस्थित रुपमा खुल्ला छोडेपछि महानगर प्रहरीले आज डोजरले खाल्डो खनेर माटोले पुरिदिएको हो ।

‘हामीले कारखानालाई भन्यौं अटेर गरेपछि आज पुरेका हौं । छाला र हड्डीको दर्गन्धले स्थानीय विरामी समेत भएको पाइएको छ,’ ललितपुर महानगर प्रहरीका प्रमुख सिताराम हाछेथुले अनलाइनखबरसँग भने ।

‘हड्डी र छालाले हावा चल्दा वरिपरिको १ किलोमिटर क्षेत्रफल नै दुर्गन्धित भएको पाइयो,’ उनले भने ।महानगरका अनुसार रविन खड्गीले सञ्चालन गरेको हड्डी संकलन केन्द्रमा उपत्यकाभरीका वधशाला, मासु पसलहरुबाट हड्डी, छाला संकलन हुने गरेको थियो ।

‘दर्ता नै नगरी ठूलो परिमाणमा हड्डी छाला संकलन गरेर हेटौंडा औद्योगिक क्षेत्र, विराटनगरलगायत स्थानमा डेलिभरी हुने रहेछ । टाँक बनाउन र हड्डी र छालाबाट उत्पादन हुने सामाग्री बनाउन यहिँबाट लैजाने गरेको पाइयो,’ हाछेथुले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?