+
+

उपसभामुखले संवैधानिक परिषदमा उठाइन् आफ्नो विषय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते २०:००

२८ भदौ, काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफ्नो विषयमा उठेको विवादबारे संवैधानिक परिषद्‌मै स्पष्टीकरण दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका थिए । उपसभामुख राना मगर पनि परिषद्की सदस्य हुन् ।

बैठकमा उनले आफ्नो विषयमा उठेको विषय कोट्याएकी थिइन् । बालबालिकाको क्षेत्रमा काम गरेको आफ्नो अन्तर्राष्ट्रिय छवि भएको बताइन् ।

तर आफूलाई अनावश्यक विवादमा तान्न खोजिएको भन्दै उनले भनिन्, वास्तवमा त्यो चिठ्ठी दूतावासमा गएको छैन, मान्छे पनि गएको छैन । त्यसलाई नै लिएर यस्तो आयो भनेर बैठक बैठकमा राखें ।’

जवाफमा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। ‘उहाँले तपाईं संवैधानिक परिषद्को सदस्य हो, त्यो बजार हल्लाको कुरा नगरौं भन्नुभयो’ राना मगरले भनिन् ।

राना मगरले असम्बन्धित मानिसको भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई करिब १८ महिना अगाडि लेखेको पत्र सार्वजनिक भएको छ। यसलाई लिएर सत्तारुढ कांग्रेस र एमालेले उनलाई मार्गप्रशस्त गर्न भनेका छन् । उपसभामुख राना मगरले भने आफूले कुनै गल्ती नगरेकाले यसबारे केही नसोचेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?