+
+

संसदीय छानबिन समितिले माग्यो सहकारी ठगीका फरारहरूको खोजी प्रगति विवरण

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते २०:१२

२८ भदौ, काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृहमन्त्री, गृह सचिव र नेपाल प्रहरी आईजीपीसँग छलफल गरेको छ ।

समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारी ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रहरी प्रमुख सहित बोलाएर फरारको खोजबिन गर्न १३ साउन २०८१ मा दिइएको निर्देशन कार्यान्वयन र प्रगतिबारे छलफल भएको समिति सभापति सूर्य थापाले बताए ।

विभिन्न सहकारीबाट अर्बौं रकम अपचलन गरी फरार रहेका जीबी राईको खोजी गर्न प्रहरी अधिकृत मलेसिया पठाएकोमा त्यसको प्रगति के भयो भन्नेबारे गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल भएको थापाले बताए ।

‘मलेसिया गएका प्रहरी अधिकृतका सम्बन्धका राजनीतिक तहमा छलफल भएकाले इन्टरपोलभन्दा माथिको विषय भएको प्रतिक्रिया आएको जानकारी उहाँहरूले समितिमा गराउनुभयो,’ समिति सभापति थापाले भने, ‘सहकारी ठगीमा फरार रहेकाहरू खोज्ने कार्यमा उपलब्धि हासिल हुन सकेको छैन । प्रयास जारी छ भन्ने जानकारी गराउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?