+
+

जेलमुक्त भए दिल्लीका मुख्यमन्त्री केजरीवाल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते २०:२५

२८ भदौ, काठमाडौं । सर्वोच्च अदालतकाे आदेशपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमुक्त भएका छन् । तिहाड जेलबाट बाहिर आएका केजरीवालले आफ्नो हौसला १०० गुणा बढेको प्रतिक्रिया दिएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार आम आदमी पार्टीका प्रमुख समेत रहेका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । सर्वोच्च अदालतले जुलाईमा जमानत दियो, तर सीआईबीले फेरि पक्राउ गर्‍यो ।

जेलबाट बाहिर आएपछि केजरीवाल समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा भावुक भए । ‘उनीहरुले मलाई जेलमा हाले, उनीहरुलाई लागेको थियो कि केजरीवाललाई जेलमा हाल्दा हतोत्साहित हुन्छन्’ उनले भने, ‘आज म तपाईंहरुलाई भन्न चाहन्छु, म जेलबाट बाहिर आएँ । मेरो हौसला १०० गुणा बढेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?