+
+

महादेव पन्थ सचिवमा बढुवा, लम्साल बने बाग्मतीको प्रमुख सचिव

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते २०:४५

२८ भदौ, काठमाडौं । सरकारले सहसचिव महादेव पन्थलाई नेपाल सकारको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गरेको हो ।

गत आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले पन्थसहित सहसचिव कमलप्रसाद पोखरेल र रुघुराम बिष्टलाई सचिव बढुवका लागि सिफारिस गरेको थियो । दोस्रो नम्बरमा सिफारिस भएका लुम्बिनी प्रदेश सरकारको कायममुकायम(कामु) प्रमुख सचिव रहेका पन्थलाई सचिवमा बढुवा गरिएको हो ।

उनको पदस्थापन पनि लुम्बिनीमै प्रमख सचिवका रुपमा भएको छ ।

यसैगरी बिहीबारको मन्त्रिपरिषद बैठकले सुदूरपश्चिम प्रदेशको प्रमुखसचिव रहेका हरिप्रसाद लम्साललाई बाग्मती प्रदेशको प्रमुख सचिवका रुपमा सरुवा गरेको छ । बागमती प्रदेशका प्रमुख सचिव गोबिन्दबहादुर कार्कीलाई वाणिज्य सचिवमा सरुवा गर्दै लम्साललाई बाग्मतीमा ल्याइएको हो ।

बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कमलप्रसाद पोखरेललाई सुदूरपश्चिम र निर्वाचन आयोगका सहसचिव रघुराम विष्टलाई गण्डकी प्रदेशको कायममुकायम प्रमुख सचिव तोकेको छ ।

बैठकले शहरी विकास मन्त्रालयअन्तरगतका विभिन्न आयोजनाका लागि ४७९ वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगत १०, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत ३५१, खानेपानी मन्त्रालय अन्तरगत २१० वटा अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?