+
+

अन्तरिक्षमा नयाँ कीर्तिमान : पहिलोपटक आम मानिसले गरे स्पेसवाक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते ८:१३

स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो ।

अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त मिसनमा रहेका अर्बपति जारेड आइज्याकम्यान र स्पेस एक्सकै इन्जिनियर सराह गिलिस यानबाट बाहिर निस्किएर स्पेस वाक गर्दै इतिहास रचे । उनीहरुले निजी व्यवसायिक उडानमा अन्तरीक्षमा गएर पहिलोपटक स्पेस वाक गर्ने कीर्तिमान कायम गरे ।

त्यस्तै सन् १९७९ को दशकपछि कुनै पनि यान अन्तरिक्षमा त्यति माथि पुगेको यो पहिलोपटक हो ।

चारजना यात्रु बोकेर मंगलबारउडेको एक्सको ड्रागन अन्तरिक्षयानमा रहेका दुईजना यात्रु बिहीबार स्पेसवाक गरेका हुन् ।

यो कदम व्यवसायिक अन्तरिक्ष उद्योगका लागि महान अग्रगामी कदम भएको नासाले उल्लेख गरेको छ ।

पछिल्लो सफलता सन् २००२ एलन मस्कले स्थापना गरेको स्पेस एक्स कम्पनीका लागि अर्को महत्वपूर्ण कोशेढुंगा भएको बताइएको छ ।

सुरुआतमा अन्तरिक्ष उद्योगमा आफ्नो अस्तित्व स्वीकार गराउनै समस्या भोगेको स्पेस एक्सले सन् २०२० मा आइपुग्दासम्म आफूलाई पावरहाउसको रुपमा विकास गरिसकेको थियो र नासाका लागि स्पेस स्टेशनसम्म अन्तरिक्षयात्रीलाई ओसार्ने अन्तरिक्षयान निर्माणमा बोइंगलाई पछि पारेको थियो ।

उनीहरु दुवै जना यानबाट निस्किएर १ घण्टा ४६ मिनेटसम्म अन्तरिक्षमा हिंडेका थिए ।

स्मरण रहोस् अन्तरिक्षमा हिड्ने अर्थात् स्पेसवाक गर्ने पहिलो अन्तरिक्षयात्री रुसका एलेक्सेइ लियोनोभ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?