+
+

नेपाल अभ्यास खेलमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते ९:१४
फाइल तस्वीर ।

२९ भदौं, काठमाडौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ ।

जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५,  नदिम मजिर  २९ र अनुप चिमाले १९ रन बनाए ।

नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७.५ ओभरमा २४७ रनमा अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३,  आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए ।

त्यस्तै अनिल शाह ३७ बलमा ४ चौका र २ छक्कासहित ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले दुई/दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?