+
+

नीतिगत स्थायित्वमा मात्र निजी क्षेत्रले निर्वाध काम गर्न सक्छ : अध्यक्ष ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते १९:०४

२९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाध काम गर्नका लागि नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई आग्रह गरेका छन् ।

ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट ऋणको माग कम रहेको बताए । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने धारणा पनि राखे ।

अध्यक्ष ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संशोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए । उच्च विदेशी विनिमय सञ्चिती, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्‍याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।

भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?