+
+

रमेश भुसालको पुस्तक छालबाटो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते १९:१२

२९ भदौ, काठमाडौं । पत्रकार एवम् लेखक रमेश भुसालको गैरआख्यान कृति ‘छालबाटो’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा भुसालकी छोरी अनुराले पुस्तक लोकार्पण गरिन् ।

पुस्तक लोकार्पणपछि विश्लेषक हरि शर्मासँगको कुराकानीमा लेखक भुसालले मानिसका कर्मले प्रकृति एवं पर्यावरण बिग्रिएको बताए । ‘मान्छे आफू मात्रै पृथ्वीमा थपिएको छैन, उसले अरू धेरै कुरा पनि थपेको छ । उसले अरूलाई सिध्याएर आफ्नो साम्राज्य खडा गरिरहेको छ । त्यसरी उसले सिध्याउँदै लगेको एउटा स्रोत नदी हो,’ उनले भने ।

पृथ्वीका कुल नदीमध्ये ६० प्रतिशतमा बाँध बनाइएको र बाँध बाँध्न बाँकी केही नदीमध्ये कर्नालीको शिरदेखि पुछारसम्मको यात्राको वर्णन पुस्तक छालबाटोमा गरिएको उनले बताए ।

यो पुस्तक आफूले नदीयात्रा गर्दा भेटेका पात्रहरूको कथा रहेको भुसालले जनाए । ‘यो अलिअलि मेरो, अलिअलि नदीको, अलिअलि कर्नालीवासीको, अलिअलि मेरा सहयात्रीहरूको, अलिअलि नदी राजनीतिको र अलिअलि नदी विज्ञानको कथा हो’, उनले भने ।

भुसालले ‘छालबाटो’ पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा गराएका छन् ।

वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । छालबाटो उनको पहिलो पुस्तक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?