+
+

पत्रकार महासंघको केन्द्रीय समितिका लागि ४ असोजमा उम्मेदवारी दर्ता  

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते १९:५०

२९ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको छ ।

मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । केन्द्रीय समितिका लागि ४ असोजमा, प्रदेश समितिका लागि ८ असोजमा र जिल्ला समितिका लागि १० असोजमा मनोनयन दर्ता हुने शनिबार निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका अनुसार शनिबार मतदाता नामावली सार्वजनिक हुनेछ ।

पत्रकार महासंघमा गत वर्षदेखि नेतृत्व चयनका लागि प्रत्येक साधारण सदस्यले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् कार्यतालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?