+
+

प्रधानमन्त्रीको टिप्पणी : ०८४ मा माओवादी राष्ट्रिय पार्टीसम्म होला

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते २०:०९

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को चुनावमा माओवादी राष्ट्रिय पार्टीसम्म बन्नसक्ने टिप्पणी गरेका छन् ।

शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ०६४ को पहिलो चुनावमा ३१ लाख भोट पाएको माओवादीले निरन्तर मत गुमाएको बताएका हुन् । लगातार तीन वटा चुनावमा माओवादीको मत घटेको उल्लेख गर्दै उनले अगाडि भने, ‘अर्को चुनावमा पुग्दा ४/५ लाख आउला कि ? राष्ट्रिय पार्टीसम्ममा अडिएला कि ?’

उनले ०८४ को चुनावमा एमालेले भने बहुमत ल्याउने आधारहरु रहेको बताए । मिसन–२०८४ लाई सफल पार्नुपर्ने भन्दै ओलीले भने, ‘मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउनसक्ने आधारहरु छन् । यतिबेलै हामीले आफ्नो सारा सामथ्र्य लगाउनु पर्दछ । र, मिसन २०८४ लाई सफल पार्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वमा भइरहेको कामलाई गलत देखाउन केही मानिस लागेको समेत बताए ।

किसानको दूधको वक्यौता रकम तिर्न सरकारले दुग्ध विकास संस्थानलाई ६० करोेड ऋण दिँदा उल्टो संस्थानलाई ऋण बोकाइयो भने प्रचार भएको भन्दै उनले भने, ‘पढेपछि म ५/७ मिनेटजति घोत्लिएँ–झुटको पनि कति परिमार्जित शैली ।’

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुनपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनुनपर्ने बताए ।

यसका लागि फाइल रोकेर एक ठाउँमा राख्ने प्रवृत्ति अन्त्य गर्न फाइल ट्रयाकिङ सिस्टम अपडेट गरिएको भन्दै उनले भने, ‘भरसक फाइलहरु टेबलमाथिबाट घर्रामुनि छिर्न नपाउन् भनेर प्रवन्ध गरिरहेका छौ । अब कुन फाइल कहाँनेर पुगेको छ भनेर प्रधानमन्त्री कार्यालयले थाहा पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?