+
+

चितवनमा माइक्रो बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते ७:५७

३० भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा हाइस माइक्रो बसले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

कावासोतीबाट काठमाडौं जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको माइक्रो आज बिहान ६ बजे ठक्कर दिँदा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ५ बस्ने ४१ वर्षीय सुकलाल गुरुङ गम्भीर घाइते भएका हुन् ।

घाइते गुरुङलाई सोही माइक्रो बसले उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याएको छ ।

बाटो क्रस गर्ने क्रममा गुरुङलाई माइक्रो बसले ठक्कर दिएको थियो । उनको टाउको र खुट्टामा चोट लागेको छ ।

माइक्रो बस र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?