+
+

सीईडीबी हाइड्रोपावरको बोनस सेयर घोषणा, हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते ८:३८

३० भदौ, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर (करबाहेक) जारी गर्ने भएको हो । त्यस्तै बोनस सेयर जारीपछि कायम चुक्ता पूँजीको ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेगरी आगामी साधारणसभा प्रस्ताव लैजाने भएको छ ।

असोज २१ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । असोज ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज ६ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले बोनस सेयर र साधारणसभामा भाग लिन पाउनेछन् ।

कम्पनीले साधारणसभामा कम्पनीको नाम समेत परिवर्तन गर्नेगरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव लैजाने भएको छ । यसको नाम हाइड्रोपावर कम्पनीजस्तो सुनिने भए पनि यो लगानी समूहको कम्पनी हो । यसको हाल बजार मूल्य प्रतिकित्ता २२४० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?