+
+

व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

रासस रासस
२०८१ भदौ ३० गते ११:४३

३० भदौ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखेको जनाएको हो ।

नगरपालिकाका अनुसार केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याकलोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखिएको छ । आपत्कालीन अवस्थामा खोज, उद्धार र राहत, प्राथमिक उपचार र क्षतिको लेखाजोखाजस्ता अत्यवाश्यक सेवा सुनिश्चिताका लागि केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

उनका अनुसार यसका लागि २० जना नगर प्रहरीलाई तालिम दिइएको छ । एक जना नगर प्रहरी कर्मचारीलाई पालो गरी ड्युटीमा खटाइनेछ । विपद्को जोखिमलाई न्यूनीकरण गर्दै प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपले सर्वसाधारणको जनधन, सार्वजानिक तथा निजी सम्पत्तिमा हुनसक्ने क्षतिलाई मध्यनजर गरेर केन्द्र सञ्चालनमा ल्याइएको हो ।

एम्बुलेन्स, दमकल, शवबाहन सबै निःशुल्क प्रयोग गर्छौँ, विपद्का बेला तत्काल उद्धार गर्नेगरी संयन्त्र तयारी अवस्थामा राखिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार सवारी दुर्घटना, आगलागी, बाढीपहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको हो ।

‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गर्नेगरी आपत्कालीन केन्द्रको व्यवस्थापन गरिएको हो’, उनले भने, ‘आवश्यक साधन र कर्मचारीलाई दमौलीस्थित प्रमुख प्रशासकीय भवनमा व्यवस्थापन गरिएको छ ।’

जुनसुकै ठाउँमा जुनसुकै बेला विपद् आइलाग्न सक्ने हुँदा त्यसबाट बच्नका लागि पूर्वतयारी गरिएको हो । उहाँका अनुसार केन्द्रका लागि आवश्यक पर्ने सामान दुईवटा छुट्टछुट्टै स्थानमा राखिएको छ । केन्द्रबाट चौबीसै घण्टा सेवा प्रदान हुनेगरी व्यवस्थापन गरिएको विपद्का लागि ०६५–५६३०३४ नम्बरको टेलिफोनको व्यवस्था गरिएको छ ।

विगत केही वर्षअघि नै स्थापना गरिएको उक्त केन्द्र स्रोत र साधनको अभावले गर्दा निष्क्रिय थियो । स्वचालित मेसिनपछि परीक्षणमा सहज स्वास्थ्य सेवा विभाग काठमाडौँले एक करोड मूल्य बराबरको चारवटा स्वचालित मेसिन प्रदान गरेपछि तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा प्रयोशाला परीक्षण सहज भएको हो ।

प्रयोगशाला मेसिन थपिएपछि नयाँ दुई जना जनशक्ति थपिएको छ । हाल ८ जना जनशक्ति कार्यरत छन् । हाल ब्लड बैंक रहेको स्थानलाई अन्यत्र स्थान्तरण गरी प्रयोगशाला कक्षलाई विस्तार गर्न लागिएको अस्पतालका प्रमुख परिवर्तन डा बरालले जानकारी दिए ।

बरालका अनुसार बिरामीले ल्यावको रिर्पोट लिनका लागि पाँच घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले दुई घण्टामा सेवा दिन सकिने भएको छ । प्रयोशालाको रिर्पोट छिटो दिन थालेपछि टाढाबाट उपचारमा आउने बिरामीलाई सहज भएको छ ।

अस्पतालमा अहिले दैनिक चार सयको हाराहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये दुई सयदेखि दुईसय ५० सम्म दैनिक प्रयोगशाला परीक्षण हुने गरेको छ । पछिल्ला समय अधिकांश ज्वरोका बिरामी हुने गरेको उनले बताए ।

ज्वरोका बिरामी बढे पनि डेङ्गी सङ्क्रमण भने देखिएको छैन । अस्पतालले भिडियो एक्सरे, एक्सरे, एमडिजीपीसहितको चिकित्सक सेवा, बालरोग, स्त्रीरोग, हाडजोर्नी विशेषज्ञसहितको सेवा प्रवाह गरिरहेको छ । साथै दाँत, आँखा उपचार सेवा, बिहानैदेखि ओपिडी सेवा पनि सञ्चालन गरेको छ ।

अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला कास्की, लमजुङ र गोरखाका केही भेगका बासिन्दाले उपचार सेवा लिदै आएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?