+
+

संसदको अवरोध खुलाउन दलहरूबीच छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १२:०९

२९ ऐदौ, काठमाडौं । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा राजनीतिक दलहरूका बीचमा छलफल जारी छ ।

सभामुख देवराज घिमिरेको पहलमा राष्ट्रिय दलको बैठक जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरू उपस्थित छन् ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुखले अधययन गर्न संसद सचिवालयलाई भनेका थिए ।

सभामुखले भदौ २६ गतेको बैठकमा एमाले सांसद भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएका थिए ।

उक्त निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसद अवरोध गरेको थियो । माओवादीले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?