+
+

१ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १२:११

३० भदौ, काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरूको साँवा र ब्याज भुक्तानी २० असोजमा हुनेछ ।

निक्षेप संकलन उपकरणमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा यो धितोको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । उपकरणमा बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?