+
+

राष्ट्रपतिबाट १० वरिष्ठ महिला चिकित्सक सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १२:२५

३० भदौं, काठमाडौं । नेपालको चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदानको पुर्‍याएका दश जना वरिष्ठ महिला चिकित्सक सम्मानित भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा दश जना प्रतिष्ठित महिला चिकित्सकलाई सम्मानित गरेका हुन् ।

नेपाल चिकित्सक संघद्वारा आयोजित ‘वुमेन इन मेडिसिन इन नेपाल २०२४’ कार्यक्रम अन्तर्गत यो सम्मान प्रदान गरिएको हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिला चिकित्सकहरूको कार्यको उच्च मूल्यांकन गरेको छ ।

सम्मानित हुने चिकित्सकमध्ये पाँच जनालाई ‘वुमेन इन मेडिसिन इन नेपाल अवार्ड’ प्रदान गरिएको छ । डा. रिता गुरुङ (अप्थाल्मोलोजिष्ट), डा. शान्ताकुमारी सापकोटा (एनेस्थेसियोलोजिष्ट), डा. हिरा तुलाधर (स्त्री तथा प्रसूति विशेषज्ञ), डा. गिता सायमी (प्याथोलोजिष्ट) र डा. कल्पना सुवेदी उपाध्याय (पेडियाट्रियन) रहेका छन् ।

यसैगरी, अन्य पाँच जना प्रख्यात चिकित्सकलाई ‘वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । जसमा डा. सुनिति आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ समावेश छन् ।

यस वर्षको सम्मानका लागि नाम छनोट प्रक्रियामा पूर्वसचिव डा. सुधा शर्माको संरक्षकत्व र डा. आश्मा राणाको संयोजकत्वमा गठित एक विशेष समितिले सम्मानका लागि योग्य व्यक्तिहरूको नाम छनोट गरी पठाएको थियो । जसलाई संघले अनुमोदन गरेको थियो ।

कार्यक्रममा उपस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो सम्बोधनमा नागरिकहरूको स्वास्थ्यप्रति सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै, महिला चिकित्सकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

उनले नेपालको चिकित्सा र उपचार सेवामा योगदान पुर्‍याउने महिला चिकित्सकलाई सम्मान गर्ने यो पहलको लागि नेपाल चिकित्सक संघको प्रशंसा गरे ।

यसै अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले नेपालका महिला चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको आवश्यकतामा जोड दिंदै, भारतमा केही समय अघि घटेको दुर्भाग्यपूर्ण घटनालाई उदाहरणको रूपमा प्रस्तुत गरे ।

डा. कार्कीले त्यस्तो घटना नेपालमा नघटोस् भन्नका लागि विशेष सुरक्षा व्यवस्था लागू गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?