+
+

१७ प्रस्तावित राजदूतबारे निर्णय गर्न बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १२:३१
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । आइतबार बस्ने तय भएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकिएको छ । उनीहरूबारे निर्णय गर्नका लागि बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

समिति सदस्यहरूको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ ।

सरकारले भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ ।

इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि नरेशविक्रम ढकालको नाम प्रस्तावित छ ।

दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम प्रस्तावित छ ।

प्रस्तावित १७ जनाकै संसदीय सुनुवाइ समितिले सुनुवाइ गरिसकेको छ । तर, निर्णय सुनाएको छैन ।

प्रस्तावित १७ राजदूतहरुमध्ये चार जना (नेत्रप्रसाद तिमिल्सिना, धनप्रसाद पण्डित, शंकरप्रसाद शर्मा र कपिलमान श्रेष्ठ) विरुद्ध उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?