+
+

बौद्ध दर्शनमा आधारित शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १२:४०

काठमाडौं । प्राध्यापक शैलेन्द्र अधिकारीले बौद्ध दर्शनमा आधारित भई लेखेको उपन्यास ‘अर्हत’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, साहित्यकार डा. नवराज लम्साल लगायतले पुस्तक विमोचन गरे ।

विमोचनपछि बोल्दै निग्रोध भन्तेले बुद्ध जन्मेको देशमा बुद्धसम्बन्धी लेखन तथा अनुसन्धान कम भइरहेको, राज्यका भाषा साहित्य संस्कृतिसम्बन्धी निकायहरुले बेवास्ता गरिरहेको अवस्थामा लेखक शैलेन्द्र अधिकारीद्वारा बुद्ध जीवनीमा आधारित उपन्यास लेख्नु प्रशंसनीय रहेको बताए ।

किताबको समीक्षा गर्दै कान्तिपुर दैनिकका प्रधान सम्पादन चौहानले बुद्ध आध्यात्मिक व्यक्तित्व रहेपनि उनको प्रभाव राजनीतिमा समेत रहेको बताए । बुद्धको सहअस्तित्वको अवधारणाले नेपाली राजनीति प्रभावित हुनुपर्ने उनले बताए । यस दिशातर्फ प्रेरित गर्न अर्हत् उपन्यासमा प्रशस्त गुण रहेको उनको भनाइ थियो ।

अर्का समीक्षक साहित्यकार डा. लम्सालले पूर्वीय ज्ञान परम्परा अत्यन्त समृद्ध रहेको र त्यस परम्पराको आदरणीय महामानव बुद्ध रहेको धारणा राखे ।

शिखा बुक्सले बजारमा ल्याएको उक्त उपन्यास हार्ड कभर र सफ्ट कभरमा उपलब्ध छ । उपन्यासकार शैलेन्द्र अधिकारीका यसअघि निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?