+

नेपालले अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने

२०८१ भदौ  ३० गते १३:१९ २०८१ भदौ ३० गते १३:१९
नेपालले अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने

३० भदौं, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अघि अमेरिकासँग तीन टी–२० आई खेलको सिरिज खेल्ने भएको छ ।

नेपाल र अमेरिकाबीच तीन टी–२० आई खेलको सिरिज अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा हुने अमेरिकी पत्रर पिटर डेला पेनाले जनाएका छन् । त्यसपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ ।

दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी-२० आई सिरिज समेत हुनेछ ।

हाल नेपाली टोली भने क्यानडामा छ । नेपाल, क्यानडा र ओमानबीच लिग-२ सिरिज हुँदैछ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । उक्त सिरिज खेलेर नेपाल अमेरिका जानेछ ।

अमेरिका नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय