+
+

‘कश्मीरे पछ्यौरी’ ग्लोबल ट्रेन्डिङको ९४ औं स्थानमा, नेपालतर्फ फिल्मका गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १३:०९

काठमाडौं । चाडपर्व नजिकिएसँगै युट्युबको नेपाल ट्रेन्डिङमा फिल्मका गीत शीर्षस्थानमा उक्लन थालेका छन् । दशैंतिहारमा नेपाली फिल्मको बाढी नै आउँदैछ । यसको प्रभाव युट्युब ट्रेन्डिङमा देखिन थालेको हो ।

संविधान दिवसमा रिलिज हुन लागेको फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ अहिले चर्चामा छ । यो गीत केही दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङमा छ ।

शान्तिश्री परियार र एसडी योगीको स्वर तथा संगीत रहेको गीतलाई अहिलेसम्म ७८ लाख पटक हेरिएको छ । यो गीतको भिडियोले फिल्मको कथावस्तुलाई चित्रण गरेको छ ।

दोस्रो स्थानमा दशैंको फूलपातीमा रिलिज हुन लागेको फिल्म ‘१२ गाउँ’को गीत ‘सिनेमा हेर्न जाऊँ’ छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीतलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोमा समीर भट्ट र सोनु चन्द्रपालको अभिनय छ ।

गत सातासम्म युट्युब ट्रेन्डिङमा तीजका गीतको दबदबा थियो । क्रमशः तीज गीतलाई रिप्लेस गर्दै अन्य जनराका गीत माथि उक्लन थालेका हुन् ।

कश्मरे पछ्यौरी’ ग्लोबल ट्रेन्डिङको ९४ औं स्थानमा

बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वरमा रहेको ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा उकालो लाग्ने क्रममा छ । यो गीत आइतबारसम्म ९४ औं स्थानमा छ ।

यो गीतको भ्युज पनि बढिरहेको छ । यो समाचार तयार पार्दासम्म गीतलाई २ करोड ९ लाख भन्दा बढी पटक हेरिएको छ । सात महिनाअघि रिलिज भएको यो गीत अहिले आएर एकाएक ट्रेन्डिङमा देखापरेको हो, त्यो पनि ग्लोबल ट्रेन्डिङमा ।

गत सातादेखि नेपाल सरकारले औपचारिक रुपमै टिकटकको प्रतिबन्ध खुला गरेपछि ‘कश्मीरे पछ्यौरी’ पुनः चर्चामा आएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?