+
+

लुम्बिनी चेम्बरको तीन वर्षे रणनीति : आर्थिक पुनर्जागरणमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १३:०९

३० भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले आफ्नो तीन वर्षे रणनीति तय गरेको छ ।

पाल्पा तानसेनमा दुई दिनसम्म बसेको चेम्बर लुम्बिनी कार्यशालाले आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्‍याउने रणनीतिक कार्ययोजना तयार पारेको जनाएको छ ।

सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर मात्र समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी तीन वर्षे कार्ययोजना तय गरेको हो ।

तीन वर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरसँग सम्बन्ध विस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक विकासमा पहल गर्ने उल्लेख छ ।

लुम्बिनी प्रदेशमा चेम्बर संख्या १ सय पुर्‍याउने, साना तथा मध्यम व्यवसायीलाई व्यवसाय प्रवर्द्धन र व्यवस्थापन सम्बन्धी तालिम दिने, प्रदेशका उत्पादन बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा महोत्सवलाई परिवर्तन गरी बहुउपयोगी र आकर्षक बनाउने रणनीतिमा उल्लेख छ ।

मुलुकमा उत्पादन भएका गुणस्तरीय वस्तुहरूको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरूको सहकार्यमा व्यवसायीलाई सहयोग गर्ने, निर्यातका लागि सम्भावित वस्तु पहिचान गर्ने लगायत योजना समेत तय गरिएको छ ।

समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासमा संरचनागत र नीतिगत सुधारमा पैरवी गर्ने, साना तथा मझौला उद्यम सशक्तीकरण, साझेदारी र सहकार्य विस्तार, पर्यटन विकासमा अन्तर्राष्ट्रिय चेम्बरहरूसँग सहकार्य, सीप विकास तालिम सञ्चालन योजना समेत समेटिएका छन् ।

उक्त अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमिति गठन गरिएको थियो । उपसमितिमा नीति निर्माण, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्पर्क समन्वय उपसमिति, तालिम तथा क्षमता अभिवृद्धि, संगठन विस्तार तथा सदस्यता वृद्धि, पर्यटन प्रवर्द्धन, उद्योग, सचिवालय व्यवस्थापन, वित्त व्यवस्थापन, महिला उद्यमशीलता, युवा उद्यमशीलता र अनुगमन उपसमिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?