+
+

मुक्कुमलुङमा आदिवासी कला यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १३:२९

काठमाडौं । ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा मुक्कुमलुङ संरक्षण आन्दोलन चलिरहेको छ । हिन्दुहरुले पाथीभरा भनेर पुज्दै आएको उक्त स्थललाई किरात समुदायले मुक्कुमलुङ भनी पुज्ने गर्छन् । मुक्कुमलुङको संरक्षण अभियानलाई ऐक्यबद्धता जनाउन ‘मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध’ यात्रा भएको छ । यसमा कलाकार, अभियन्ता, आदिवासी जनजाति अधिकारकर्मी र अनुसन्धाता सहभागी छन् ।

भदौ १९ देखि २८ सम्म ९ दिन चलेको उक्त यात्रामा सांस्कृतिक आन्दोलनको अभिलेख समेत राख्नका लागि सहकार्य गरेको आदिवासी जनजाति महासंघका महासचिव गोविन्द छन्त्यालले बताए ।

यात्रामा कलाकारहरू सुवास तामाङ (मोरङ), सपना नेपाली (कास्की), मनरा प्रजापति (काठमाडौं), सारा कोइँच सुनुवार (धनुषा), दीक्षा राई (खोटाङ), सोनाम चाम्लिङ राई (खोटाङ); कला लिम्बू (मोरङ), गंगा लिम्बू (ताप्लेजुङ), नाम्साङ (किरण) लिम्बू (इलाम), पुजन लिम्बू (सुनसरी), मेख लिम्बू (धनकुटा) र विनोद लिम्बू (झापा) ले आफ्ना चित्रकला लगायत विभिन्न प्रस्तुति तयार पारेका थिए ।

अनुसन्धाताहरू र नागरिक अभियन्ता तथा अधिकारकर्मीहरू कैलाश राई (भोजपुर), निरन्ती तुम्बापो (पाँचथर), गोविन्द छन्त्याल (बागलुङ), डा. सविन निङ्लेखु लिम्बू (तेह्रथुम), सेन्दो सेलिङ लिम्बू (इलाम) उक्त यात्रामा ऐक्यबद्दता जनाएका थिए ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?