
३० भदौ, काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन् ।
शनिबार सम्पन्न संघको ११औं वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो ।
रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन् ।
संघको नयाँ समितिमा टिकाराम भट्टराई उपाध्यक्ष, तेजबहादुर बोहोरा महासचिव, ज्ञानमणि न्यौपाने सचिव र तेजबहादुर खड्का कोषाध्यक्ष चयन भएका छन् ।
सञ्चालक सदस्यहरूमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबीराज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह चयन भएका छन्।
लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन्।
साधारण सभाले वार्षिक बजेट र प्रतिवेदन समेत पारित गरेको छ ।
प्रतिक्रिया 4