+
+

राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १४:१९

३० भदौ, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् ।

तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् ।

सराब घोटाला प्रकरणमा सरकारी निकाय ईडीले पक्राउ गरेलगत्तै भारतीय जनता पार्टी (बीजेपी) ले मुख्यमन्त्री केजरीवालको राजीनामा मागेको थियो । तर सर्वोच्च अदालतले समेत अनुमति दिएपछि उनले जेलबाटै दिल्लीको सरकार चलाए ।

सर्वोच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि भने केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

आफूमाथि चोर, भ्रष्टाचारी जस्ता आरोप लगाएको भन्दै उनले सत्ताबाट पैसा, पैसाबाट सत्ताको खेल खेल्न नआएको दाबी गरे । १४ वर्षपछि भगवान राम बनवासबाट फर्किदा सीताले अग्नि परीक्षा दिनुपरेको भन्दै केजरीवालले भने, ‘आज म जेलबाट आएको छु र अग्नि परीक्षा दिन तयार छु ।’

अबको केही महिनापछि दिल्ली विधानसभाको चुनाव हुनेछ । यदि केजरीवाल इमान्दार हो भन्ने लाग्छ भने आफ्नो पक्षमा भेट दिन उनले आग्रह गरे ।

आफू दोषी हो भन्ने लाग्छ भने मत नदिन आग्रह गर्दै उनले भने, ‘जबसम्म जनताले केजरीवाल इमान्दार छन् भनेर फैसला सुनाउने छैनन्, तबसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?