+
+

विधायन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १४:५३

३० भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ ।

रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती देवी राइको उम्मेदवारी परेको छ ।

दाहालको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढंगाना र एमालेकी भगवती न्यौपाने छिन् ।

राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश कुमार आलेमगर रहेका छन् ।

राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा भने माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ ।

उनको प्रस्तावकमा एकीकृत समाजवादीका मदन कुमारी शाह (गरिमा) र समर्थकमा माओवादी केन्द्रका नर बहादुर विष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?