+

महिला लिग : कर्णालीविरुद्ध जित निकाल्दै एपीएफ शीर्ष स्थान

२०८१ भदौ  ३० गते १५:०२ २०८१ भदौ ३० गते १५:०२
महिला लिग : कर्णालीविरुद्ध जित निकाल्दै एपीएफ शीर्ष स्थान

३० भदौ, काठमाडौं। एन्फा महिला लिग २०८१ मा कर्णाली प्रदेशविरुद्ध ६-० को जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

एपीएफ हालसम्म अपराजित रहेको छ। एपीएफले ५ खेलमा ४ जित र १ बराबरीसहित शीर्ष स्थान लिएको हो ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफका लागि खेलको चौथो मिनेटमा निशा थोकरले हेडर गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

उनको अग्रतालाई रश्मी कुमारी घिसिङले २ गोल गर्दै अग्रता बढाएइन् । उनले खेलको११ औं र २५ औं मिनेटमा गोल गरेकी हुन् ।

खेलको ५३ औं मिनेटमा सरु लिम्बुलाई पेनाल्टी बक्स भित्र फाउल हुँदा गिता रानाले पेनाल्टी गोलगर्दै एपीएफलाई ४–० को अग्रता दिलाइन् ।

खेलको ७७ औं मिनेटमा हिमा रावतले गोल गर्दा अन्तिम गोल भने बल क्लियरेन्सको क्रममा वर्षा ओलीबाट सुसाइड गोल भयो ।

आजको अर्को खेल बागमती क्लब र चन्द्रपुर नगरपालिका बीच हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय