+
+

सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १५:०६

३० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् ।

सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार बिहान राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठक राखेका थिए । उक्त बैठक बिना निष्कर्ष टुंगिएपछि माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका थिए ।

दलहरूको बैठकमा सभामुखले आफूले संसद सचिवालयको अध्ययनको आधारमा ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएको बताएका थिए । तर, यो एकपक्षीय भएको भन्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असहमति राखेका थिए ।

त्यसपछि बसेको माओवादी केन्द्रको छुट्टै छलफलले एमालेका सचिव योगश भट्टराईले गत भदौ १२ गते प्रतिनििध सभामा बोल्दा व्यक्त गरेको माओवादी हिंसा भन्ने शब्द नहटाएसम्म अवरोध नखोल्ने निर्णय गरेको छ ।

यो निर्णय सुनाउन सभामुख घिमिरेकहाँ माओवादीका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शक्ति बस्ने र हितराज पाण्डे गएका थिए । त्यसक्रममा माओवादी नेताहरूले एकपक्षीय नबन्न आग्रह गरेका हुन् ।

सभामुख घिमिरेले आफूले बिना आधार निर्णय नलिएको जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?