+
+

युद्धमा बालबालिका प्रयोगविरुद्ध परेको रिटलाई अग्राधिकार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १८:०५

३० भदौ, काठमाडौं । सशस्त्र युद्धमा बालबालिकाको प्रयोगलाई युद्ध अपराध घोषणा गर्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

अधिवक्ता डा. ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले २०५२ फागनुदेखि ३ मंसिर २०६३ सम्म  माओवादी नेतृत्वमा भएको सशस्त्र युद्धमा बालबालिकाको प्रयोग भएको भन्दै त्यसलाई युद्ध अपराध घोषित गरी संलग्नलाई कारबाहीको माग गर्दै २८ भदौमा रिट दायर गरेका थिए ।

आइतबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो रिट राष्ट्रिय महत्वको भएकाले अग्राधिकारमा राख्न आदेश जारी गरेको हो ।

रिट निवेदकले आन्दोलन वा कुनै राजनीतिक परिवर्तनको नाममा भविष्यमा कसैले पनि बालबालिकालाई प्रयोग गर्ने आँट नगरुन् भनेर युद्धमा बालबालिकाको प्रयोगलाई युद्ध अपराध घोषणा गर्न माग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?