
काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्व लक्षित ‘बर्जर नगद उत्सव’ योजना घोषणा गरेको छ ।
मिस नेपाल वर्ल्ड-२०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी हुन सक्नेछन् ।
योजनामा सहभागी हुने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
चाडपर्वमा बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को नहुने बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयको तर्क छ ।
यस अभियान मार्फत ग्राहकलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि रहेको उनले बताए ।
यो योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेस, इजी क्लिन, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागु हुनेछ ।
घरधनीले यस योजना बारेमा विस्तृत जानकारी लिन नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4