
३० भदौ, काठमाडौं। विश्वकर्मा पूजा आउन दुई दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ ।
काठमाडौंको कुपण्डोलमा कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ भइरहेको मूर्तिकार बिकाउ पण्डित बताउँछन् ।
उनी काठमाडौंमा विगत दुई दशकभन्दा बढी समयदेखि मूर्ति बनाउदै आइरहेका छन् । ५८ वर्षीय पण्डितको पुर्ख्यौली घर सर्लाही हो ।
उनी विभिन्न चाडबाड आउनु अगाडिदेखि नै मूर्ति बनाउन व्यस्तै रहन्छन् । काठमाडौंमा सबै प्रकारका सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवका रुपमा विश्वकर्माको पूजा गरिने भएकाले मूर्ति बनाउनेको संख्या बढ्दै गएको उनको भनाइ छ ।
विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजारौं मूर्ति निर्माण गर्ने गरेको सिरहका मूर्तिकार पूरण पण्डित बताउँछन् । उनी भन्छन्, ‘पहिला हामी गाउँमै मूर्ति बनाउथ्यौ। तर शहरमा पनि मूर्ति बनाउने र पूजा गर्नेको संख्या बढ्न थालेपछि हामीहरू २४ वर्षदेखि काठमाडौंमै बसेर मूर्ति बनाइरहेको छु। आम्दानी राम्रै भइरहेको छ, रोजीरोटी चलेको छ हाम्रो। ‘
पण्डितले बनाएका १५० वटा विश्वकर्माको मूर्ति निर्माण गरेको र तयार भएका मूर्तिमध्ये अधिकांश बिक्री भइसकेका छन् । काठमाडौंमा धेरै कलकारखानाहरूमा विश्वकर्माको मूर्ति खरिद-बिक्री हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘ काठमाडौंमा धेरै कलकारखानाहरूमा विश्वकर्माको मूर्ति खरिद-बिक्री गरिरहेका छौं। मूर्ति १० हजारदेखि २ लाखसम्मका पनि अर्डर हुने गरेका छन् ।’
यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक ४ लाखदेखि ४ लाख ५० हजारसम्म आम्दनी गर्दै आएका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4