
काठमाडौं । विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘अनौठो तृष्णा’ अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । अक्टोबर ८ मा अमेरिका, बेलायत र जर्मनीका दर्शकले यो क्राइम-सस्पेन्स फिल्म हेर्न पाउने जनाइएको छ ।
नेपालमा भने हलमै प्रदर्शनको तयारी छ । फिल्ममा विजय बराल, देशभक्त खनाल, महेश त्रिपाठी, नवीन न्यौपाने, सरस्वती अधिकारी, विकास लामिछाने लगायतको अभिनय छ ।
प्राइम भिडियोमा स्ट्रिमिङ हुन लागेको यो दोस्रो नेपाली भाषाको फिल्म हो । यसअघि प्रियंका चोपडाले निर्माण गरेको फिल्म ‘लिटिल भिजिटर्स’ यो प्लाटफर्ममा आएको थियो ।
‘अनौठो तृष्णा’लाई नीराजन प्रधानले निर्देशन गरेका हुन् । यो फिल्मलाई नेपालको स्टोर्मक्रो प्रोडक्सन र अस्ट्रेलियाको स्टोर्मक्रो फ्रेमवर्कले निर्माण गरेका हुन् । प्राइम भिडियोले यो फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4