+
+

मोरङको रङ्गेलीमा कांग्रेसको आन्दोलन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १८:४८
रंगेली नगरपालिकामा भएको आन्दोलनको फाइल तस्वीर ।

३० भदौ, विराटनगर । नेपाली काङ्ग्रेसले रङ्गेली नगरपालिकाविरुद्ध सुरु गरेको आन्दोलन फिर्ता भएको छ । पालिकाले वृद्धि गरेको कर घटाउने सहमति भएपछि कांग्रेसले गरेको आन्दोलन फिर्ता लिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरेले पालिकाले कर वृद्धिको निर्णय फिर्ता लिएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । ‘हामीले उठाएको एजेण्डा अनुसार माग सम्बोधन गर्न पालिका तयार भएपछि आन्दोलन फिर्ता भयो’, उनले भने ।

पालिकाले मालपोत कर प्रतिकट्ठा २० रुपैयाँबाट बढाएर ३४ रुपैयाँ बनाएको थियो । अब कांग्रेसको माग बमोजिम २६ रुपैया कायम हुने भएको छ । त्यस्तै फुसको घरको यसअघि १०० रुपैयाँ कर निर्धारण गरिएको थियो, अब कर नलगाउने सहमति भएको घिमिरेले बताए । सिफारिस दस्तुर ५०० रुपैयाँमा झारिएको उनले बताए ।

काङ्ग्रेस, नेकपा एमाले जिल्ला तहका पदाधिकारी र पालिका प्रमुख र उपप्रमुखसहितको छलफलपछि पालिका कर घटाउन सहमत भएको थियो ।

दुई दलबीच भएको सहमति अनुसार वृद्धि भएको घर अब घट्ने घिमिरेले बताए ।

बैठकमा नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर भूमाकुमारी पराजुली, काङ्ग्रेग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव घिमिरे, नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्की, सचिव रविन थापालगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?