+
+

संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १८:३६

३० भदौ, काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो ।

बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो । जो प्रमाणीकरण भएर लागू भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?