+
+

४० सहसचिवको सरुवा, फेरिए काठमाडौंका प्रशासकीय अधिकृत (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १८:४२
एआईको सहयोगमा निर्माण गरिएको ।

३० भदौ, काठमाडौं । सरकारले एकसाथ ४० जना सहसचिवको सरुवा गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको पनि सरुवा गरेको छ । परियार काठमाडौं महानगरपालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । गत माघमा काठमाडौं महानगरपालिकामा गएका उनी एक वर्ष पनि पूरा नहुँदै सरुवा भएका हुन् ।

काठमाडौं महानगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईं सरुवा भएका छन् ।

राजीव पोखरेलको मधेश प्रदेशको उद्योग वाणिज्य मन्त्रालयबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ल्याइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई गृह मन्त्रालयमा पठाइएको छ ।

राष्ट्रिय दलित आयोगमा कार्यरत शिवराज चौंलागाईंलाई पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको गृह मन्त्रालयमा सरुवा भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका विदुरप्रसाद खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती, केशवराज सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशबाट बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लोकसेवा आयोगका सहसचिव तुल्सीनाथ गौतमलाई मुख्यमन्त्री तथा तथा मन्त्रिपरिषदको कार्यालय बागमतीमै सरुवा गरिएको छ ।

पुरुषोत्तम शर्मा गण्डकीको आर्थिक मामिला मन्त्रालयबाट लोकसेवा आयोगमा आएका छन् । प्रदेश प्रमुखको कार्यालय गण्डकीका सेबन्तराज दाहाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयबाट ऊर्जा जलस्रोत तता सिँचाइ मन्त्रालयमा पठाइएको छ ।

तोयानारायण सुवेदी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा पुगेका छन् भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका वीरेन्द्रदेव भारतीलाई जीतपुर सिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ ।

कमानसिंह खत्रीलाई कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट राष्ट्रिय दलित आयोगमा ल्याइएको छ भने कृष्ण पौडेललाई लुम्बिनीको मुख्यमन्त्रीको कार्यालयबाट थारु आयोगमा सरुवा गरिएको छ ।

उमेशकुमार ढकाल संघीय माािला तथा सामान्य प्रशासन मनत्रालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् र प्रकाश पौडेल गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका गोबिन्दप्रसाद रिजालको सरुवा पनि गृहमा नै भएको छ ।

प्राविधि सहसचिव कमलराज श्रेष्ठको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सदूरपश्चिममा भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय सदुरपश्चिमका सहसचिव सुरतकुमार बमको सरुवा खानेपानी मन्त्रालयमा भएको छ ।

गण्डकीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव गणेशराज वस्ती शहरी विकास मन्त्रालयमा आएका छन् । शहरी विकास मन्त्रालयका कमलकुमार अधिकारीको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा भएको छ । जल तथा मौसम विज्ञान विभागका उपमहानर्देशक राजन भट्टराई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा पुगेका छन् ।

राजेन्द्रप्रसाद भण्डारीको सरुवा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छ । भवन निर्माण विभागको पूल समूहबाट भीमार्जुन पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीमा सरुवा भएको छ ।

माधव प्रसाद भट्टराईको भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीबाट शहरी विकास मन्त्रालयमा सरुवा भएको छ । खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालय बागमतीका इन्द्रदेव भट्ट ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका मोहनकुमार शाक्य खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालय बागमतीमा पुगेका छन् ।

उद्योग पर्यटन तथा वातावरण मन्त्रालय गण्डकीबाट रामचन्द्र कँडेल वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । वन तथा वातावरण मन्त्रालयका जीवनाथ पौडेलको सरुवा मुख्यमन्त्रीको कार्यालय गण्डकीमा भएको छ ।

वन तथा वातावरण मन्त्रालयका दीर्घनारायाण कोइरालालाई मुख्यमन्त्रीतथा मन्त्रिपरिषदको कार्यालय कर्णालीमा पठाइएको छ । केदार बराल कर्णालीको उद्योग पर्यटन वन तथा वातावारण मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमतीमा पुगेका छन् ।

धिरेन्द्रकुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालयका बागमतीबाट वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ । रमेश शर्मा पौड्यालको प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

हाल सूचना प्रविधि विभागका महानिर्देशक रहेका प्रेमशरण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइएको छ । अनिलकुमार दत्तलाई अर्थ मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा फिर्ता पठाइएको छ ।

हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?