+
+

सोमबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १९:०४

३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निरन्तर तरलता खिचिरेहको छ ।

आइतबार १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले सोमबार पनि ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । सावाँ तथा ब्याज भुक्तानी २१ असोजमा हुनेछ  ।

केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

स्थायी निक्षेप सुविधाको शर्त केही कडा भएकोले बैंकहरूले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमा लगानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?