+
+

खानेपानीको पाइपलाइन फुटेको विषयमा छानबिन गर्न मन्त्रीले बनाए समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १९:०९

३० भदौ, काठमाडौं । पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेको विषयमा छानबिन गर्न खानेपानी मन्त्रालयले समिति बनाएको छ । मन्त्री प्रदीप यादवले आइतबार सह–सचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उप-प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का कार्यकारी निर्देशक टिकाबहादुर चौधरी र इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकका सह–प्राध्यापक डा. सुरज लामिछाने सदस्य छन् ।

बालाजु, पुल्चोक लगायतका क्षेत्रमा खानेपानीको पाइप तथा सकेटमा समस्या खेखिएको छ । पाइप तथा सकेटको गुणस्तरमा शंका लागेपछि छानबिन गर्न लागिएको मन्त्रालयका एक अधिकारीले बताए । समितिलाई पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायसहित ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले थप ठोस कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई प्रभावकारी बनाउने मन्त्री यादवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?