+
+

कोशी प्रदेशले आयोजना गरेको कृषि एक्स्पोमा १ लाख सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते २०:०९

३० भदौ, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कृषि एक्स्पो समापन भएको छ । विराटनगर पहिलो पटक २७ भदौदेखि सञ्चालन भएको एक्स्पोमा १३० वटा स्टल थिए ।

तीन दिनसम्म आयोजना गरिएको एक्स्पो सफल भएको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । उनका अनुसार एक्स्पोमा एक लाखजनाले अवलोकन गरेका थिए । एक्स्पो कोशी र मधेश प्रदेशका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी, कृषकलगायत सहभागी भएका थिए ।

कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिशमा मात्रै आठ सय जना कृषक सहभागी भएको उनले बताए । जिल्ला बाहिरबाट आएका कृषक तथा विद्यार्थीलाई निशुल्क खानबस्नको व्यवस्था मिलाइएको थियो ।

एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको प्रयोग, पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुति करण भएको थियो । उनका अनुसार विज्ञहरु बीच प्यानल छलफल पनि भएको थियो ।

भारतीय विज्ञ डा. कन्चन भौमिक, कृसेन्दु सिन्हा र डा. सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोग विधिका विषयमा कृषकहरुलाई जानकारी गराइएको उनले बताए ।

एक्स्पोमा कृषि मेशिनरी, कषि उपज, भेटनरीलगायत साना किसानहरुका उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादनको १३० वटा स्टल राखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?