+
+

श्रममन्त्री भण्डारी र रोमानियाली राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते २०:२८

३० भदौ, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि रोमानियाका राजदूत डानिएला सेजोनोभ टानेबीच भेटवार्ता भएको छ।

भेटवार्तामा दुई देशबीचको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ठगी नियन्त्रण र मागपत्र प्रमाणीकरणमा देखिएका चुनौतीहरूबारे छलफल भएको हो। यी समस्याहरूको समाधानका लागि निकट भविष्यमा दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक आयोजना गर्ने सहमति भएको छ। साथै, दुवै देशमा कूटनीतिक नियोग स्थापना गर्ने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ।

राजदूत सेजोनोभ टानेले जनवरी २०२४ देखि हालसम्म करिब १९,००० भन्दा बढी नेपालीहरूलाई रोमानियाले श्रम भिसा जारी गरेको जानकारी दिँदै औपचारिक माध्यमबाट नेपाली श्रमिकहरूलाई रोमानियामा पठाउन आवश्यक रहेको बताइन्।

मन्त्री भण्डारीले रोमानियामा नेपाली श्रमिक पठाउने सन्दर्भमा दुई देशबीच भएको समझदारी पत्र कार्यान्वयनका लागि प्रोटोकल निर्माण गर्ने र मागपत्र प्रमाणीकरण प्रक्रियालाई सरलीकृत गर्ने लगायतका विषयहरू आगामी संयुक्त प्राविधिक समितिको बैठकबाट टुङ्गो लगाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?