+
+

अर्थबाट कानुन मन्त्रालय पुग्यो प्रहरी ऐनको मस्यौदा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते २०:५४

३० भदौ, काठमाडौं । नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउने प्रावधानसहित प्रस्तावित ऐनको मस्यौदामा अर्थ मन्त्रालयले सहमति दिएको छ । गृहमन्त्री रमेश लेखकका अनुसार, हालै अर्थ मन्त्रालयले सहमति दिएर आएको विधयेक कानून मन्त्रालयमा पुगेको छ ।

‘नयाँ प्रहरी ऐनको खाका मेरो तर्फबाट फाइनल भएपछि अन्तिम पटक प्रधानमन्त्री, उपप्रधान एवं अर्थमन्त्री अनि गृह, अर्थ मन्त्रालयका सचिव र अन्य अधिकारीहरुसहित बसेर टुंगोमा पुर्‍याएका थियौं’, उनले भने, ‘सबै टिम बसेर बालुवाटारमा करिब तीन/चार घन्टा विस्तृत छलफल पनि गरेका थियौं ।’

कानून मन्त्रालयबाट पनि टुंगो लागेर आउने र ३० दिनभित्र मन्त्रिपरिषद्बाट समेत पास गराउने आफ्नो लक्ष्य रहेको उनले बताए । उनले भने, ‘लगत्तै संसद्मा पनि पठाइहालौं भन्नेछ ।’

नेपाल प्रहरी अहिलेसम्म २०१२ सालमा बनेको ऐनको भरमा चलिरहेको छ । २०४८ सालसम्म ऐनको संशोधन भएको छ भने त्यसयता प्रहरी नियामवली बनाएर त्यसलाई पटकपटक गृहमन्त्रीस्तरीय निर्णयबाट संशोधन गरिँदै आएको छ । सर्वोच्च अदालतले समेत ३० वर्षे सेवा अवधिसहितका अवकाश, करिअर लगायतका विषयमा ऐनमै व्यवस्था गर्न आदेश दिएको थियो ।

‘अहिले प्रहरीमा कति वर्षसम्ममा जागिर खान पाइन्छ, कति वर्षमा रिटायर्ड हुन्छ, कुन पदमा बस्दा कति वर्ष जागिर खान पाइन्छ भन्ने कुरा नियमावली मात्र चलाइँदा अश्चिचता भयो’, लेखकले भने, ‘त्यसैले संघको प्रहरीलाई पहिले स्थीर बनाउने, अधिकार स्पष्ट गर्ने र प्रदेश प्रहरीलाई कसरी विकास गर्ने भन्नेतिर लाग्छौं ।’

नयाँ मस्यौदामा प्रहरीमा कायम ३० वर्षे सेवा अवधि तीन चरणमा गरेर हटाउने गरी प्रस्ताव गरिएको मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयका एक अधिकारीका अनुसार, पहिलो चरणमा ३० वर्ष सेवा अवधि पूरा भएर अवकाशमा जानेको ६ महिना सेवा अवधि थप हुनेछ भने दोस्रो पटक जानेको थप ६ महिना थप हुनेछ ।

तेस्रो चरणमा अवकाशमा जानेको थप ६ महिना गरेर डेढ वर्ष सेवा अवधि थप गर्ने गरी मस्यौदामा व्यवस्था गरिएको छ । यसमा महानिरीक्षकको उमेर हद चाहिँ ५८ वर्षबाट बढाएर ६० पुर्‍याइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) को ५९, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५८, प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को ५७ वर्ष तोकिएको छ । हाल एआईजी र डीआईजीको ५६, एसपी र एसएसपीको ५५ र डीएसपीको ५४ वर्ष उमेर हद छ ।

अहिले इन्स्पेक्टरको उमेर हद ५३ वर्ष रहेकोमा बढाएर ५६ र जुनियर प्रहरी कर्मचारीको ५५ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?