+
+

‘पूर्णबहादुरको सारंगी’को गीत ‘काँधेकुरी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते २०:५३

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’को गीत सार्वजनिक भएको छ । आइतबार युट्युवमा ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा ‘भ्वाइस अफ नेपाल’को सिजन ५ का फाइनलिस्ट प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर छ । उनको यो डेब्यु फिल्म हो ।

गीतको भिडियो छोरो सहर जाँदै गरेको बस हेर्दै दुःखी भएको बाबुको मर्मस्पर्शी दृश्यबाट सुरु हुन्छ । त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारंगी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ ।

बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परेपनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा चित्रण गरेको छ । भिडियोमा विजयसँगै अभिनेता प्रकाश सपुत पनि फिचर्ड छन् । सपुतको पात्रले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारंगी बजाउन सिकेको दृश्य भिडियोमा छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म कात्तिक १५ गते रिलिज हुँदैछ । फिल्ममा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिस बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो फिल्मलाई नेपाल र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

सोसल-ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथा पेश गर्छ । पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?