+
+

संचार सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीच कार्यसम्पादन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते २१:१२

काठमाडौँ । संचार सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच कार्य सम्पादन सम्झौता भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने कार्यबारे सम्झौता भएको हो ।

सम्झौतामा सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रम लगायत समावेश छन् । मन्त्री गुरुङले यसबारे उक्त अवसरमा सुझाव र निर्देशन समेत दिएका थिए ।

सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलमा सिनेमाको स्तरोन्नतीका योजनासम्म समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डीसीले आगामी ६ महिनाको कार्य अवस्थाको प्रतिवेदन समेत बुझाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयले आइतबार मातहतका अन्य निकायसँग समेत कार्य सम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसैसाता मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?