+

टोटनह्याममाथि आर्सनलको महत्वपूर्ण जित

२०८१ भदौ  ३० गते २१:२२ २०८१ भदौ ३० गते २१:२२
टोटनह्याममाथि आर्सनलको महत्वपूर्ण जित

३० भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनह्याममाथि महत्वपूर्ण जित हात पारेको छ ।

आइतबार भएको खेलमा आर्सनलले गाब्रियलको गोलको मदतमा टोटनह्यामलाई १–० को जित निकालेको हो । टोटनह्यामको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो, तर दोस्रो हाफको ६४औं मिनेटमा साकाको पासमा गाब्रियलले हेड गोल गरेका हुन् ।

जितसँगै आर्सनल ४ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको म्यानेचष्टर सिटी शीर्ष स्थानमा छ ।

आर्सनल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय