+
+

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते ६:५५

३१ भदौ, दाङ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३४ औं बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ सभामा पेश गर्नेछन् ।

साथै बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रदेश सभा बैठकको शून्य समय र विशेष समयमा हालसम्म उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ सहित मन्तव्य राख्ने कार्यसूची पनि छ ।

बैठकको सुरुमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा बोल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?